काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले योग नेपालको मौलिक, सांस्कृतिक र प्रयोगात्मक सम्पती भएको बताएका छन् ।
शनिवार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योगको माध्यमबाट व्यक्ति, परिवार, समाज र संस्थासँग जोड्दै यि सबैलाई राष्ट्रिय भावमा एकतावद्ध गरी राष्ट्रिय एकता र आपसी भाईचारा बढाउन समेत मद्दत पुग्ने विश्वास व्यक्त गरेका हुन् ।
अभ्यास गरी प्राप्त हुँदै आएको योग सम्बन्धी ज्ञान, सोको अभ्यासमार्फत सबै मानिसका लागि उपयोगी योगका विभिन्न विधिहरु आफ्नै भूमिबाट विकास हुँदै क्रमशः विश्वस्तरमा फैलिएको बताए । योगको समुचित उपयोगबाट नै हाम्र काम, कर्तव्य र व्यवहारमा सुधार गरी व्यक्तिको सिर्जनशिलता र नवप्रवर्तनमा समेत थप योगदान गर्न सकिने बताए।
योगको माध्यमबाट स्वस्थ, शान्त र अनुशासित नागरिक विकास गर्न र यसकै माध्यमबाट स्वस्थ एवं सभ्य समाज निर्माण गर्न सकिने उल्लेख गरे । योगको क्षेत्रमा भएका प्रयोग र सकारात्मक कदमलाई समय सापेक्ष सुधार गरी व्यक्तिको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने बताए ।
मन्त्री पाण्डेले योग मानवका लागि जीवन उपयोगी रहेको बताए । योगका माध्यमबाट व्यक्तिको शारीरिक, मानसिक, मनोवैज्ञानिक, भावनात्मक विकासको मार्ग प्रशस्त हुने जिकिर गरे । योगले शरीर, मन, भावना र चेतनालाई जोड्ने बताए ।
प्रतिक्रिया दिनुहोस्