आइतबार ५०० रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौँ । आइतबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आइतबार ५०० रुपैयाँले बढेर एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला प्रतितोला १० रुपैयाँले बढेर २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ ।