काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले गृहमन्त्री रमेश लेखकलाई इतिहासले ‘काफिला’ लुट्दा मौन मस्ने कायर ‘रहबर’को रूपमा सम्झिने टिप्पणी गरेका छन् ।
आइतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उजले यस्तो टिप्पणी गरेका हुन्। उनले सरकार भिजिट भिसा प्रकरणको छानविन गर्नुको सट्टा मुखदर्शक बनेर बसेको समेत आरोप लगाए ।
भिजिट भिसाको आवरणमा मानव तस्करी गर्ने हरेक पात्रहरुलाई कानूनअनुसार कारबाही हुनुपर्ने उनको भनाइ छ । भिजिट भिसामार्फत ठगिएका नेपाली नागरिकलाई न्याय दिलाउनको लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न समेत उनले माग दोहोर्याए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा र उच्चस्तरीय छानविन आयोगको माग गर्दै रास्वपाले संसदमा सिर्जनात्मक विरोध गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्