महिला, बालबालिका र ज्येष्ठ नागरिक मन्त्रालयको बजेट असन्तुलित र पक्षपातपूर्ण छः प्रमुख सचेतक पाण्डे


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटप्रति असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधि सभाको आइतवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद पाण्डेले यस्तो बताएका हुन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट असन्तुलित र पक्षपातपूर्ण मात्र नभएर रणनीतिक रुपमा बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित विषयलाई नसमेटेको उनको टिप्पणी छ ।

उनले बालबालिका राष्ट्रका कर्णधार भएको उल्लेख गर्दै बजेटमा उनीहरूको शिक्षा, संस्कार र सीपमा केन्द्रित कार्यक्रमको अभाव रहेको बताए । महिला वर्गप्रति समेत मन्त्रालयको बजेटले न्याय नगरेको उनको भनाइ छ ।