बजेटप्रति प्रतिपक्ष भन्दा सत्तापक्षका सांसदहरू बढी असन्तुष्ट छन्ः सांसद शाही


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले सही बजेट विनियोजन हुन निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका छन् ।

आइतवारको प्रतिनिधि सभा बैठकमा विनियोजित बजेटमाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले निर्वाचन प्रणाली नबदलीकन बजेट नबदलिने जिकिर गरे ।

उनले चुनावमा जाँदा सांसदहरुले विद्यालय बनाउँछु, सडक बनाउँछु, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार विकास, गरिबीको अन्त्य गर्ने, रोजगारी सिर्जना गर्ने विकास निर्माणका तमाम विषयहरू पूरा गर्छौं भनेर जनताबाट निर्वाचित भएर आएका हुने तर बजेट नपर्ने समस्या रहेको बताए ।

बजेटप्रति प्रतिपक्ष भन्दा पनि बढी असन्तुष्टि सत्ता पक्षका सांसदहरू रहेको दाबी गरे ।उनले अर्थमन्त्रीसँग राष्ट्रनिर्माणको सबैभन्दा ठूलो भुमिका हुने जिकिर गरे