५ वटा जिल्ला बाहेक अरु जिल्लाका नागरिक नेपाली होइनन् ?: सांसद शर्मा


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले सरकारले ५ वटा जिल्ला बाहेक अरु जिल्लाका नागरिक नेपाली होइनन् ? भन्दै प्रश्न गरेका छन् । 

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई प्रश्नै प्रश्न तेर्साएका हुन् । उनले ५ वटा जिल्लाका मात्र नेपाली नागरिक हुन ? भन्दै प्रश्न गरे ।

कर्णाली, मुगुदेखि तराई–पहाडका ५ जिल्ला बाहेक ७२ जिल्लाका मान्छेहरू नेपाली नागरिक होइनन् ? भन्दै प्रश्न गरे । नागरिकलाई खानेपानीदेखि सिँचाइको लागि बोरिङ गाडिदिन पाए हुन्थ्यो भन्ने लाग्दैन ? भन्दै प्रश्न गरे ।

प्रधानमन्त्री र मन्त्रीहरूलाई अलिकति पनि दया नलाग्ने गरेको उनले बताए । नागरिकप्रति उत्तरदायी हुने हृदय छ कि छैन ? प्रश्न गर्दै उनले देशको मन्त्री हो या सानो झुन्डको भन्दै प्रश्न गरे । अब ५ जिल्लाका मान्छेहरूले मात्रै रुख र सूर्यमा भोट हाले पुग्ने हो भन्दै प्रश्न तेर्साउँदै अर्को पटक यसरी सदन चलाउन सक्नुहुन्छ भन्दै टिप्पणी गरे ।

उनले आगामी आर्थिक वर्षको बजेटलाई तत्काल संशोधन गरी समन्यायिक बनाउनुपर्ने बताए ।