नेकपा (माओवादी केन्द्र) का सांसद एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सुनचाँदी, रत्न आभूषण व्यवसायीहरुको मर्काबारे अध्ययन गर्न उपसमिति बनाउन माग गरेका छन् ।
सोमवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
उनले अनौपचारिक रुपमा भइरहेको सुनचाँदी कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताए । उनीहरूलाई करको दायरामा ल्याउनुपर्ने बताए । सम्पती शुद्धिकरण गर्नेकुरा नराम्रो भएको बताए ।
नेपालको सुनचाँदी व्यवसायीहरु मर्कामा परेको बताउँदै सुनचाँदीमा भएको करका दर हेरफेर अव्यवहारिक हुँदा समस्या आएको जिकिर गरे । अवैध कारोबार रोक्नको लागि करका दरहरूलाई पनि छिमेकी बजारसँग मिलाएर लैजानुपर्ने बताए। करका दरलाई व्यवहारिक र वैज्ञानिक बनाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्