काठमाडाैँ । नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनचाँदी व्यवसायीहरूको संरक्षण गर्न नसके आर्थिक समृद्धि हुन नसक्ने बताएका छन् ।
सोमवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले सुनचाँदी व्यवसायीलाई संरक्षण र संवद्र्धन गर्नुपर्ने बताउँदै सुनचाँदी व्यवसाय संस्कृति, पर्यटनसँग सम्बन्धित रहेको बताएका हुन् ।
सुनचाँदी व्यवसायीहरूले राखेका जायज मागहरू पूरा गर्नुपर्ने बताए । सुनचाँदी व्यवसायीहरूका जायज मागलाई यसै आर्थिक वर्षमै पूरा गर्ने किसिमको तयारी गरेर अघि बढ्न जरुरी रहेको बताए ।
कहीँ न कहीँ हामीले विश्वासको आधार जनतालाई दिएनौँ भने भोलि जनता निराशातिर जान सक्छन् । सुनचाँदी व्यवसायीलाई हामीले संरक्षण पनि गर्नुपर्छ । संवद्र्धन पनि गर्नुपर्छ । सुनचाँदी व्यवसायीहरूको हाम्रो संस्कृति, पर्यटन, धेरै महत्वपूर्ण सम्बन्ध छ । कर नै चाहिँदैन भनेर एकछिन खुशी मानेर राष्ट्र समृद्धिको दिशातर्फ अघि बढ्न सक्दैन,” उनले भने ।
सांसद कार्कीले सबैको सटर बन्द गराएर मुलुकको आर्थिक समृद्धि सम्भव नरहेको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्