भिजिट भिसा प्रकरणः सरकारले गठन गरेको छानबिन समितिबारे रास्वपाले सदनमा धारणा राख्ने


काठमाडौँ । सरकारले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न बनाएको समितिको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो धारणा संसद् बैठकमै राख्ने भएको छ ।

पार्टीका प्रवक्ता मनिष झाले छानबिन समिति गठनबारे पार्टी आन्तरिक छलफलमै रहेको भन्दै यसबारे सबै विषय आजको संसदमै राखिने जानकारी दिए । सरकारले हिजाे पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।

“भिजिट भिषामार्फत मानव तस्करी जस्तो संगठित अपराधबारे उठेको मुद्दासँग सम्बन्धित विषयमा सरकारले बनाएको समिति सम्बन्धी पार्टीको धारणा बनाउनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू आन्तरिक छलफलमा छौँ। दलको तर्फबाट धारणा सदनको बैठकमै दिनेछौँ,” झाले भने ।

छानबिन समिति गठनबारे आधिकारिक धारणा बनाउन रास्वपाको संसदीय दलको बैठक अहिले बसिरहेको छ ।