यस्ताे छ बुधवार नेपालमा सार्वजनिक टिभिएस एनटर्क १२५ रेस एक्सपीकाे विशेषता


काठमाडौं । टिभिएस मोटरको नेपालको एकमात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा बुधबार (आज) टिभिएस ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काद्वारा नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपीको अनावरण गरिएको थियो ।

जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवालले टिभिएसले हरेक वर्ष नयाँ नयाँ ब्रान्डका बाइक स्कुटर ल्याएर ग्राहकहरूको मन जितेको बताए ।

यस स्कुटरले १०.८ किलोवाटमा ५५०० आरपीएममाको पिक पावर दिन्छ । १२५ सिसि सेग्मेन्टमा १० पीएस भन्दा धेरै पावर हुने यो नेपालकै एक मात्र स्कुटर रहेको छ । नयाँ एनटर्क एक्स्पीको मूल्य ३ लाख १५ हजार रुपैयाँ रहेको छ। सो स्कुटरमा ५.८ लिटरको फ्युल ट्याङ्की समावेश गरिएको छ भने स्कुटरको कुल तौल ११६ किलोग्राम रहेको छ । सो स्कूटरले प्रतिलिटर ९८ किलोमिटर माइलेज दिने दाबी गरेको छ ।

जगदम्बा मोटर्सले टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेला नामक एक्सचेन्ज मेला पनि आयोजना गरेको छ । असोज ३१ बाट सुरु भएको यो मेला कार्तिक ५ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने छ ।

यस एक्सचेन्ज मेलामा ग्राहकहरूले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहारहरू पाउने छन् । यस मेलामा सहभागी हुने ग्राहकले आफ्‌नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मुल्याइन भन्दा ७,००० रुपैयाँ बढीको मूल्य पाउने छन्, साथै नकिन्दै १ लाख र किन्दा १० लाख सम्मको नगद छुटको पनि व्यवस्था छ।

यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र ४,२७७ रुपैयाँको मासिक ईएमआइमा बाइक तथा स्कूटर लिन सकिन्छ ।