नीतिगत सहजताका लागि सरकार तयार छः मन्त्री भण्डारी


काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आइएमई ग्रुपले नयाँ नेपाल निर्माणको अभियानमा आफुलाई उभ्याएको बताएका छन् । 

बुधवार एभरेष्ट फाइबर सिमेन्ट बोर्डको उद्घाटन तथा उत्पादन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले बोर्डबाट उत्पादित सामग्रीले आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरेका हुन् ।

बोर्डको उत्पादन नेपालमै शुरु भएकोमा खुशी व्यक्त गर्दै उहाँले मुलुकको भूबनावट, विभिन्न समयमा व्यहोर्नुपरेका क्षति, तत्काल उद्धार गर्नुपर्ने बाढी, पहिरो, भूकम्प, आगजनीजस्ता विपद्का समयमा तत्काल पुनःनिर्माणमा यसले मद्दत पु¥याउने बताए ।

निराशाको बीचमा पनि आशाको दियो बाल्दै अघि बढिरहेको आइएमई ग्रुपले अघि सारेका उद्यमशीलताको विकास र विस्तारमा सरकार सधैं साथमा रहने उनले उल्लेख गरे । उद्योग र उद्यमशीलता जोखिमका बीचमा सुरु गर्नुपर्ने बताउँदै त्यसका लागि निजी क्षेत्रले खोजेको नीतिगत सहजताका लागि सरकार हरसम्भव तयार रहने उनकाे भनाइ छ ।

उनले निजी क्षेत्रसँगको पुँजी लगानीमा भएका नीतिगत समस्या फुकाउँदै अघिबढ्न सरोकारवालासँगको छलफलका लागि मन्त्रालय सधैं तयार रहने बताए ।