एकीकृत कृषि प्रणालीको महत्व बढ्दै गएको छः महानिर्देशक तिवारी


काठमाडाैँ । पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले एकीकृत कृषि प्रणालीको महत्व बढ्दै गएको बताएका छन् ।

ललितपुरमा बिहीवार क्लाइमेट स्मार्ट डायरी फार्मिङ प्रोजेक्ट इन नेपाल शेयरिङ वर्कसप सम्बन्धी कार्यक्रममा बोल्दै उनले पहिला पनि एकीकृत कृषि प्रणाली रहेको र पछि हट्दै गएको र केही समय यता पुनः एकीकृत कृषि प्रणालीको महत्व बढ्न थालेको बताएका हुन् । उनले ग्रिन हाउस ग्याँसको इमिसनलाई कसरी घटाउने ? भन्ने कुरा महत्वपूर्ण रहेको पनि बताए । 

“एकीकृत कृषि प्रणालीको महत्व बढेको छ । रासयनिक मलले जमिनलाई बिगार्ने र दोस्रो पर्याप्त र महंगो हुन्छ । ग्रिन हाउस ग्याँसको इमिसनलाई कसरी घटाउने ? घटाउने कुरामा हामीले गरेको अभ्यास महत्वपूर्ण हुन्छ । नेपाल सरकार, नेपाल सरकारका आयोजनाहरु र सरकारले गर्न खोजेको काम पनि त्यही छ,” उनले भने ।

उनले पशुपालन क्षेत्र नेपालको जीविकोपार्जनका लागि महत्वपूर्ण क्षेत्र बनेको बताए । कृषिजन्य चिजको उचित मूल्य पाउने गरी आवशयक योजना बनाउन जरुरी रहेको बताए।