काठमाडाैँ । खानेपानीमा नागरिकको सहज पहुँच पु¥याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी सङ्कल्प प्रश्ताव राष्ट्रिय सभाबाट पारित भएको छ ।
बिहीबार बसेको राष्ट्रियसभा बैठकमा सांसद जगप्रसाद शर्माले उक्त सङ्कल्प प्रश्ताव प्रश्तुत गरेका थिए । संकल्प प्रश्तावमाथिको छलफलपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रश्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे ।
दाहालले संकल्प प्रश्तावमा उल्लेख भएका विषयहरु कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिँदै अनुगमन गर्न समेत आग्रह गरे । संकल्प प्रश्ताव प्रश्तुत गर्दै शर्माले अहिले पनि कैयौँ ठाउँमा ब्लिचिङ पाउडर नपाएरै दुषित पानी पिउनुपर्ने बाध्यता रहेको बताएका थिए ।
उनले खानेपानी सबै प्राणीहरूको निम्ति महत्वपूर्ण रहेको बताउँदै दुषित पानीले झाडापखालादेखि विभिन्न रोगहरू ल्याउने र अनाहकमा नागरिकको ज्यान जाने खतरा बढिरहेको समेत जिकिर गरे ।
सांसद शर्माले सङ्कल्प प्रश्तावको मुख्य पाठ नेपालमा ब्लिचिङ पाउडर निर्माण गर्ने रहेको र थोरै लगानीमा पनि कम्पनी निर्माण गर्न सकिने विज्ञहरूले बताएको बताएका थिए ।
सङ्कल्प प्रश्तावलाई सांसदहरू कृष्णबहादुर रोकाय, गोपीबहादुर सार्की अछामी, भगवती न्यौपाने, मदनकुमारी साह गरिमा र मोहम्मद खालिदले समर्थन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्