काठमाडौँ । नबिल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकलाई ऋणपत्र निष्काशनको लागि नेपाल धितोपत्र बोर्डले असार १२ गते अनुमति दिएको छ ।
बैंकले रु. १ हजार अंकित दरका ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता भएको ‘ ७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्काशन गर्नेैछ । बैंकले यसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२ लाख कित्ता आम सर्वसाधारणका लागि जारी गर्नेछ ।
८ वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७ प्रतिशत दरले ब्याज पाइने छ । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्