काठमाडाैँ । राष्ट्रिय सभामा नेकपा एमाले सांसद तुलसाकुमारी दाहालले जनसंख्याको आधारमा बजेट विनियोजन हुनुपर्ने बताएकी छिन् ।
आइतबारको राष्ट्रिय सभाको बैठकमा उनले बजेट विनियोजनमा जनसंख्याको असन्तुलनलाई ध्यान दिनुपर्ने बताइन् । कहीँ जनसंख्या पातलो हुने र कतै बढ्ने कुरालाई ध्यान दिएर सोहीअनुसारको बजेट विनियोजन हुनुपर्नेमा त्यसो हुन नसकेको जिकिर गरिन् ।
राष्ट्रिय जनसंख्या नीति परिमार्ज गरी ग्रामिण क्षेत्रको आधारभुत विकासको आधारशिला र जनताको आधारभुत आवश्यकता परिपूर्तिको लागि ठोस योजना ल्याउन आवश्यक रहेको उनकाे भनाइ छ ।
उनले भनिन्, “जनसंख्याको असन्तुलनलाई ध्यान दिनुपर्छ । कहीँ जनसंख्या पातलो हुने र कतै बढ्ने कुरालाई ध्यान दिएर सोहीअनुसारको बजेट विनियोजन भएको छैन । जनसंख्याको आधारमा बजेट विनियोजन भएको छैन । यसै गरी राष्ट्रिय जनसंख्या नीति परिमार्ज गरी ग्रामिण क्षेत्रको आधारभुत विकासको आधारशिला र जनताको आधारभुत आवश्यकता परिपूर्तिको लागि ठोस योजना ल्याउन आवश्यक छ ।”
सांसद दाहालले खानेपानीका मुहानहरुको संरक्षणमा जोड दिनुपर्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस्