काठमाडाैँ । दक्षिणी भारतीय राज्य तेलंगानामा एक रासायनिक कारखाना भित्र भएको ठूलो विस्फोटमा कम्तिमा ३५ जनाको मृत्यु भएको छ ।
३० भन्दा बढी घाइते भएका छन् । तेलंगानाको राजधानी हैदराबादबाट लगभग ४८ किलोमिटर उत्तरपश्चिममा रहेको संगारेड्डी जिल्लाको पाशामिलाराम औद्योगिक क्षेत्रमा सोमवार विस्फोट भएको थियो ।
अधिकारीहरूकाअनुसार सिगाची रासायनिक उद्योगको माइक्रोक्रिस्टलाइन सेल्युलोज सुकाउने एकाइमा सोमवार बिहान ९ः४८ बजेतिर विस्फोट भएको थियो ।
अधिकांश शवहरू चिन्न नसकिने गरी जलेकाले, अधिकारीहरूले पोस्टमार्टम र डीएनए नमूना सङ्कलनमा सहयोग गर्न हैदराबादको उस्मानिया जनरल अस्पतालबाट विशेष फोरेन्सिक टोली ल्याएका छन् ।
विस्फोटको समयमा कारखाना भित्र लगभग १५० जना उपस्थित थिए । जसमध्ये ९० जना प्रभावित क्षेत्रमा थिए ।
प्रतिक्रिया दिनुहोस्