टीभीएस अपाचे बन्यो शार्क ट्याङ्क नेपालको पहिलो सिजनको ‘पावर्ड बाइ’ प्रायोजक


काठमाडौँ । अमेरिकी रियालिटी शो ‘शार्क ट्याङ्क’ को नेपाली संस्करण अब हिमालय टेलिभिजनमार्फत आजबाट प्रसारणमा आउने भएको छ।

नेपाली उद्यमशीलतालाई प्रवर्धन गर्ने लक्ष्यसहित आउन लागेको यो शोको “पावर्ड बाइ” प्रायोजकको रूपमा टीभीएस अपाचे आरटीआर १६० एसई चयन भएको छ।

शार्क ट्याङ्क नेपालले नेपाली उद्यमीहरूलाई आफ्ना व्यावसायिक आइडियाहरू देशका अग्रणी व्यवसायीकहरूसामु प्रस्तुत गर्ने सुनौलो अवसर प्रदान गर्नेछ। कार्यक्रमका सहभागीले लगानी मात्र नभई अनुभव, मार्गदर्शन र मेन्टरशिप समेत प्राप्त गर्न सक्नेछन्।

कार्यक्रमको निर्णायक मण्डलमा देशका चर्चित पाँच उद्योगी तथा व्यवसायीहरू सहभागी हुनेछन्। ती हुन्—आईएमई समूहका सह-संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकाल, अग्नि समूहका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, ज्योति समूहका निर्देशक सौरभ ज्योति, भोईथ समूहकी प्रबन्ध निर्देशक ऋतु सिंह वैद्य र नाइम्बस समूहका प्रबन्ध निर्देशक आनन्द बगरिया।

टीभीएस अपाचे आरटीआर १६० एसई यस शोको आधिकारिक प्रायोजक बनेसँगै, उद्यमशील सोच, नवीनता र आत्मविश्वासको प्रतिनिधिको रूपमा प्रस्तुत भएको छ। यो बाइकले नेपाली सडकमा मात्रै होइन, अब उद्यमशीलताको यात्रामा पनि गतिशीलता ल्याउने अपेक्षा गरिएको छ।

अपाचे आरटीआर १६० एसई मा मल्टिपल राइड मोड्स, टर्न-बाइ-टर्न नेभिगेसन, कल अलर्ट, अटो क्यान्सल इन्डिकेटर, फ्यूल डाटा, र ब्लुटुथ SmartXonnect क्लस्टर जस्ता आधुनिक सुविधा समावेश छन्। १६० सिसीको फोर-भाल्भ अइल-कुल्ड इन्जिनमा रेस डेराइभ्ड O3C टेक्नोलोजी जडान गरिएको छ, जसले स्पोर्टी परफरमेन्स दिने बताइएको छ।

नेपालमा टीभीएस ब्रान्डको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. हो, जसले देशभर ११० डिलर र २८९ सर्भिस प्वाइन्टमार्फत सेवा दिँदै आएको छ।

शार्क ट्याङ्क नेपालको सुरुवातसँगै नेपाली उद्यमशीलता प्रवर्द्धनमा नयाँ ऊर्जा थपिने विश्वास लिइएको छ। यो सहकार्य नवीन सोच, द्रुत गति र ठूलो लक्ष्य प्राप्त गर्न प्रेरणाको प्रतीक बनेर अघि बढेको छ।