काठमाडौँ । भन्सार विभागले निकासी पैठारी संकेत नम्बर (एक्जिम कोड) प्रदान गर्दा राखिने बैंक जमानत फुकुवा गर्ने भएको छ ।
एक्जिम कोड प्रदान गर्दा भन्सार विभागको नाममा राख्दै आएको तीन लाख रुपैयाँ बराबरको बैंक जमानत सम्बन्धी व्यवस्था हटेसँगै बैंक जमानत फुकुवा गर्ने भएको हो ।
भन्सार नियमावली, २०६४ (सोह्रौं संशोधन २०८२) को नियम ६६ घ को उपनियम (२) को खण्ड (ख) र नियम ६६ घ १ को उपनियम (३) बाट बैंक जमानत सम्बन्धी व्यवस्था हटाइएको हो ।
बैंक र अन्र्तगतका शाखा कार्यालयहरुमा विभिन्न पैठारीकर्ताहरुले एक्जिम कोड लिने प्रयोजनार्थ राखेको तीन लाख रुपैयाँ बराबरको बैंक जमानत फुकुवा गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्