काठमाडाैँ । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले कानूनहरू फास्ट ट्रयाकमै बनाउनुपर्ने बताएका छन् ।
शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले संसदमा विधेयक ल्याउने प्रतिवद्धता गरेका विधेयकहरू चालु अधिवेशनबाटै पारित गर्नुपर्ने धारणा राखेका हुन् ।
उनले पास हुन नसकेका र महत्वपूर्ण रहेका विधेयकहरू अध्यादेशमार्फत ल्याउनुपर्ने माग गरे । वर्षौंसम्म कानून विहीन ढंगले मुलुकलाई वन्धक बनाउन नसकिने र नमिल्ने बताए ।
सांसद आचार्यले कानून पूर्ण रुपमा राम्रो बनाउनुपर्ने बताए । छिटो गर्ने नाममा छलफल नै नगरी लैजान नमिल्ने बताए ।
प्रतिक्रिया दिनुहोस्