काठमाडाैँ । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीसँग सम्बन्धित सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द भएको सूचना सार्वजनिक गरेको छ।
शुक्रबारदेखि सवारीचालक अनुमतिपत्र प्रणाली (eDL प्रणाली, अनलाइन आवेदन प्रणाली तथा लाइसेन्स प्रिन्ट प्रणाली) मा प्राविधिक समस्या देखिएको जनाउँदै विभागले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै सेवा स्थगन गरिएको जानकारी दिएको हो।
“सवारीचालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको र समाधानको काम भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुञ्जेलसम्म सबै सेवाहरु बन्द गरिएको छ,”सूचनामा भनिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्