नेपालको सहरी जनसंख्या २७ प्रतिशत, काठमाडौँ उपत्यकामा इन्टरनेटको पहुँच ७८ प्रतिशतमा


काठमाडाैँ । नेपालमा सहरी जनसंख्या २७ प्रतिशत रहेको छ । शुक्रवार राष्ट्रिय तथ्याङ्क कार्यालयले एक कार्यक्रम आयोजना गर्दै यसबारेमा जानकारी गराएको हो । सहरी जनसंख्या वागमती प्रदेशमा सबैभन्दा बढी ५६ प्रतिशत शहरी जनसंख्या बसोवास गर्ने गरेको छ ।

काठमाडौँ उपत्यकामा ९१.७ प्रतिशत शहरी क्षेत्रमा बसोवास गर्दछन् । सहरीकरण प्रँयः खेतीयोग्य जग्गामा भइरहेको तथ्यांकले देखाएको छ । सुदूरपश्चिममा झन्डै १७ प्रतिशत खेतीयोग्य जग्गा शहरीकरणका कारणले घटेको जनसंख्या शाखाका निर्देशक राजन सिलवालले बताए ।

सुदूरपश्चिम, गण्डकी, कर्णाली प्रदेशमा खेतीयोग्य जग्गा थोरै भएको र भविष्यमा ठूला ठूला सहरीकरणका सम्भावनाहरू यि प्रदेशमा कम हुनसक्ने आँकलन गरिएको बताए । महानगरहरुमा भाडामा बसोवास गर्नेहरूको संख्या धेरै (करिव ४३ प्रतिशत) रहेको बताए। गाउँपालिकामा भाडाका घरमा बसोवास गर्ने परिवार संख्या २.६ प्रतिशत मात्रै रहेको तथ्याङ्कले देखाएको बताए ।

सहरी क्षेत्रमा इन्टरनेटको पहुँच

इन्टरनेटको पहुँच काठमाडौँ उपत्यकामा झन्डै ७८ प्रतिशत भन्दा माथि रहेको देखिएको छ । सहरीकरण हुँदै जाँदा व्यक्तिहरूको इन्टरनेटमा पहुँच पनि विस्तर हुँदै गइरहेको तथ्याङ्कले देखाएको बताए । आर्थिक रुपमा सक्रिय जनसंख्या पनि विस्तारै बढ्दै गएको उनले बताए ।

सहरीकरणसँगै आफ्नै घरमा बस्ने भन्दा भाडका घरमा बस्ने परिवारहरूको संख्या बढी रहेको छ ।सहरीकरण वागमती, कोशी, मधेस र लुम्बिन्धी प्रदेशमा क्रमशः बढी रहेको छ । जनगणना २०७८ अनुसार प्रत्येक ४ वटा नगरपालिकामध्ये एउटामा ऋणात्मक जनसंख्या वृद्धि रहेको पाइएको छ ।