काठमाडौँ । आइतबार नेपाल राष्ट्र बैंकले ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट ४२ दिनको लागि ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।
यसको साँवाब्याज राष्ट्र बैंकले २०८२ भदौ १ गते भुक्तानी गर्ने जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्