सांसद गौतमको स्पष्टिकरणः मैले स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरु फर्किएनन् भनेको छैन


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली गएको स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू नफर्किएको आफूले नभनेको स्पष्ट पारेकी छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद गौतमले यस्तो स्पष्टिकरण दिएकी हुन् । सभाको मंगलवारको बैठकमा सांसद गौतमले प्रधानमन्त्री केपी शर्मा ओली गएको स्पेनको कार्यक्रममा सहभागी हुने बहानामा गएर केही मानिस नफर्किएको विषयमा समाचार सार्वजनिक भएको भन्दै संसदको ध्यानाकर्षण गराएकी हुन् ।

उनले समाचारमा आएका कुराहरूबारे संसदको ध्यानाकर्षण गराउँदा आफ्नो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग भएकोप्रति पनि आपत्ति जनाइन् । प्रधानमन्त्रीसँगै नगएतापनि उक्त कार्यक्रममा सहभागि हुन भनि गएका नागरिकहरू नफर्किएको सत्य कुरा भएको उनको भनाइ छ ।