अब खादलास ब्राण्डका उत्पादनहरू नेपाली बजारमा पाइने


काठमाडाैँ । युएईको प्रतिष्ठित खादलास ब्राण्डका उत्पादनहरू नेपाली बजारमा बिक्री सुरू गरिएको छ ।

खादलास युएईको प्रतिष्ठित विगत ३० वर्षको इतिहास बोकेको ब्राण्ड हो । यो ब्राण्डका उत्पादनलाई नेपाली बजारमा भित्र्याएर विक्री वितरण शुरु गरिएको खादलासका लागि नेपाल वितरक तथा इना सेन्टरका सञ्चालक उद्धव प्याकुरेलले बताए ।

अबदेखि खादलासबाट उत्पादित सम्पूर्ण उत्पादनहरू नेपाली बजारका इकमर्स, इनासेन्टरबाट नेपालभर विक्री गरिने जानकारी दिए । आफूहरू खादलासलाई नेपालको नम्बर वान सेलिङ ब्राण्ड बनाउने सोचअनुसार अघि बढिरहेको बताए । खादलासका उत्पादनहरूको गुणस्तर राम्रो रहेको र नेपालीहरुले पनि किन्नसक्ने उत्पादन सामग्री रहेको दाबी गरे । 

“खादलास युएईको प्रतिष्ठित विगत २५ देखि ३० वर्षको इतिहास बोकेको ब्राण्ड हो । आजदेखि हामीले नेपालमा भित्र्याएका छौँ । अबदेखि खादलासबाट उत्पादित सम्पूर्ण उत्पादनहरू नेपाली मार्केटमा इकमर्स, इनासेन्टरको चेनमा नेपालभर नै विक्री हुँदैछ । नेपालको यो नम्बर वान सेलिङ ब्राण्ड बनाउँछौँ भनेर लागेका छौँ । गुणस्तर धेरे राम्रो छ । नेपालीहरूले किन्नसक्ने प्राइज छ । मार्केट डे बाइ डे बढिरहेको छ,” उनले भने।

उनले खादलासको नेपालमा बजार दिनप्रतिदिन बढिरहेको र ३० करोड बराबरको बजार भइसकेको दाबी गरे ।