गैरआवासीय नेपाली संघ दक्षिण सुडानको अध्यक्षमा रामप्रसाद पाध्याय


काठमाडौँ । गैरआवासीय नेपाली संघ(एनआरएनए) दक्षिण सुडानको अध्यक्षमा रामप्रसाद पाध्याय चयन भएका छन् ।

भर्चुअल र भौतिक माध्यमबाट भएको तेस्रो अधिवेशनले पाध्याको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

झण्डै २० वर्षदेखि अफ्रिकाका देशहरूमा व्यवसाय गर्दै आएका पाध्यायको नेतृत्वमा सर्वसम्म १७ सदस्यीय कार्यसिमित चयन भएको छ ।

उपाध्यक्षमा ईश्वरप्रसाद सिग्देल, रुक्मांगत उपाध्याय, महासचिवमा बलराम दाहाल र सचिवमा रमेशबहादुर खत्री तथा कोषाध्यक्षः आनन्दबाबु श्रेष्ठ चयन भएका छन् ।

प्रवक्ता राजदीप गुरुङ युवा संयोजक हीरासिंह पौडेल क्षेत्री चयन भएका छन् भने सदस्यहरूमा प्रकाशराज भण्डारी, रामेन्द्रप्रसाद यादव, विक्रमरवि राना, बेदबहादुर चौधरी, लक्ष्मीप्रसाद ओख्रावु, तिलक रोका, मनबहादुर सार्की, कृष्णबहादुर नेपाली रहेका छन् । यस्तै आइसिसि सदस्य (प्रस्तावित)मा बाबुराम गौतम रहेका छन् ।

विगत १० वर्षदेखि निष्क्रिय अवस्थामा रहेको एनसिसी दक्षिण सुडानको पुनर्गठन गर्दै २०२५–२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको नवनिर्वाचित अध्यक्ष पाध्याले जानकारी दिए ।

एनआरएनए आइसिसी अध्यक्ष बद्री केसीले संघको केन्द्रीय सचिवालय, वालुवाटारमा आयोजित एक कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पाध्यालाई खादा र माला लगाएर बधाइ तथा शुभकामना दिएका छन् ।

१० वर्षदेखि निष्क्रिय एनसिसी पुनःसक्रिय रहेको भन्दै केसीले संघको मर्म र विधानअनुसार कार्य गर्दै सबैलाई समेटेर अघि बढ्नेमा आफू आशावादी रहेको बताए ।

निर्वाचित भएपछि एनआरएनए दक्षिण सुडानका अध्यक्ष पाध्यायले साउथ सुडानमा रहेका नेपालीहरूलाई एकताबद्ध बनाउने बताएका छन् ।

संघले नेपाली भाषा, धर्म, संस्कृति र चाडपर्वको प्रवद्र्धनका लागि नियमित कार्यक्रम तथा सांस्कृतिक उत्सव आयोजना गर्ने योजना पनि सार्वजनिक गरेको छ ।

उनले अफ्रिकाभर छरिएर रहेका नेपालीहरूलाई एउटै डिजिटल प्लेट फर्ममा समेट्ने घोषणा गर्दै त्यसमार्फत प्रवासी नेपालीको डाटाबेस निर्माण र आपसी सहकार्य सुदृढ बनाउने प्रतिवद्धता जनाए ।