काठमाडौं । साताको कारोबारको पहिलो दिनदेखि बढेको सेयर बजार आज भने दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १६ अंकले घट्दा कारोबार रकम १ अर्ब मुनि झरेको छ ।
नेप्सेमा आज कारोबार भएका कुल १३ उपसमुहमध्ये २ वटा उपसमुहको सेयर मात्रै बढेको छ बाँकी ११ वटा उपसमुहको सेयर घटेको छ ।
बिहीबार कारोबार रकमका आधारमा एभरेष्ट बैंक लिमिटेडको सार्वधिक कारोबार भएको छ । बैंकको ४ करोड ३ लाख ५१ हजार१ सय २० रुपैयाँको कारोबार भएको छ ।
आज नेप्सेमा युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ६.५६ प्रतिशतले बढेको छ ।
त्यस्तै आज विन नेपाल लघुवित्त वित्तीय संस्थाका लागनीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ४.९४ प्रतिशतले घटेको छ ।
कुल २२० कम्पनीको २७ लाख ६७ हजार ५ सय ३९ कित्ता सेयर किनबेच हुँदा ८९ करोड ८९ लाख ७ हजार ८ सय २९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्