५० स्टार्टअप–५० लगानीकर्ता कार्यक्रममा सहभागी हुन आवेदन दिने समय पुनः सुरु


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नवप्रवर्तनीय (स्टार्टअप) उद्यमीहरूका लागि लक्षित गरी ल्याएको ५० स्टार्टअप–५० लगानीकर्ता कार्यक्रममा सहभागी हुन आवेदन दिने समय पुनः सुरु गरेको छ ।

अनलाइन आवेदन गत बैशाख ४ गतेदेखि खुला गरिएको भए पनि कोभिड महामारीका कारण धेरै स्टार्टअप उद्यमीहरूलाई समेट्न नसकिएकाले मुलुकभरबाट धेरै नवप्रवर्तनीय उद्यमीहरूको सहभागिता हुन सकोस भनेर महासंघले आवेदन दिने समय पुनः सुचारू गरेको जनाएको छ ।

यसअघि आवेदन दिई सकेकाले पुनः आवेदन दिनुपर्ने छैन भने आवेदक फर्म भरि सकेपछि महासंघबाट इमेल मार्फत सम्पर्क गरिने जारी विज्ञप्तिमा उल्लेख छ ।
आवेदन सबै क्षेत्र (जस्तो कृषि, उत्पादनमुलक, सूचना प्रविधि, सेवा) का लागि दिन सकिने छ ।

उक्त आवेदन प्रक्रियालाई पुनः सुचारु गरी कार्यक्रममा मुलुकभरबाट बढी भन्दा बढी स्टार्टअप उद्यमीहरूको सहभागिता बढाउने कार्यमा सहयोग गर्न महासंघले आफना सातैवटा प्रदेश चेप्टरहरूलाई आग्रह समेत गरेको छ ।

एक वर्षभन्दा बढी समय अघिदेखि संचालनमा आईरहेका र कम्तिमा पनि एक वर्षको लेखा परिक्षण प्रतिवेदन भएका, कानूनी रुपमा दर्ता भएका व्यवसाय आवेदनका लागि योग्य मानिने विज्ञप्तीमा जनाइएको छ ।

आफनो व्यवसायमा शीप, ज्ञानको आधार र दह्रो प्रतिबद्घता प्रदर्शन गर्न सक्ने सशक्त समूहले यसमा आवेदन दिन सक्नेछन् ।

आवेदनका साथ कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा कम्पनीको विधान (प्रबन्धपत्र, मेमोरेन्डम अफ एशोशिएसन, आर्टिकल अफ एशोशिएसन र सम्बन्धित अन्य रजिष्ट्रेशनहरू, प्यान÷भ्याट दर्ता, कर चुक्ता प्रमाणपत्रहरू, कम्पनीको संचालक समितिको माइन्यूट, कम्पनीका प्रवद्र्धक÷संस्थापकहरूको बायोडाटा लगायतका आवश्यक दस्तावेजहरू संलग्न हुनुपर्ने छ ।