नेपाल प्रहरीमा ४ हजार ७३५ दरबन्दी खाली


काठमाडाैँ । नेपाल प्रहरीमा ४ हजार ७ सय ३५ जनशक्ति खाली रहेको छ ।

आइतवार प्रहरी मुख्यालयमा आयोजित पत्रका सम्मेलनका क्रममा यसबारे जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले नेपाल प्रहरीको कुल दरबन्दी ७९ हजार ५ सय ४१ रहेको र अहिले ५.९५ प्रतिशत जनशक्ति खाली रहेको बताए ।

विद्यमान जनशक्ति ९४. ०५ प्रतिशत (७४ हजार ८ सय ६ रहेको पनि बताए । सिनियर अफिसरहरुको जनशक्ति २.८४ प्रतिशत रहेको र प्रहरी वरिष्ठ नायव निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षकको कुल जनशक्तिमध्ये १५.३५ प्रतिशत रहेको बताए ।

“नेपाल प्रहरीको कुल दरबन्दी ७९ हजार ५ सय ४१ हो । खालि भएर अहिले ५.९५ प्रतिशत ४ हजार ७ सय ३५ खालि छ । विद्यमान जनशक्ति ९४. ०५ प्रतिशत (७४ हजार ८ सय ६ रहेको छ । सिनियर अफिसरहरूको प्रतिशतमा गणना गर्दा प्रहरी महानिरीक्षकदेखि, प्रहरी निरीक्षकहरु गणना गर्दा २.८४ प्रतिशत रहेको छ,” उनले भने।

उनकाअनुसार तल्लो आधारभुत प्रहरी वरिष्ठ हवल्दारदेखि प्रहरी कार्यालय सहयोगीसम्म ८१.८१ प्रतिशत जनशक्ति रहेको छ ।