२५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट ४२ दिनको लागि २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।

यसको सावाँब्याज राष्ट्र बैंकले २०८२ भदौ २५ गते भुक्तानी गर्ने जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।