नेप्सेमा सामान्य गिरावट, शिवम् सिमेन्टको सर्वाधिक कारोबार


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा सामान्य गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक २ अंकले घट्दा कारोबार रकम पनि १ अर्बमा झरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २.५७ अंकले घटेर १९५६.३६ अंकमा झरेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि १।१२ अंकले घटेर ३८४.२१ अंकमा झरेको छ ।

नेप्सेमा आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ४ वटा उपसमूहको सेयर बढेको छ । बाँकी ९ वटा उपसमूह घटेको छ ।

मंगलबार कारोबार रकमको आाधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ। कम्पनीको ८ करोड ५७ लाख ३२ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज लाइफ इन्स्योरेन्स कर्पोरेशनका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ४.२२ प्रतिशतले बढेको छ ।
त्यस्तै आजको दिन कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्् । संस्थाको सेयरमूल्य ५।७७ प्रतिशतले घटेको छ ।

कूल २२६ वटा कम्पनीको २७ लाख ७३ हजार ७ सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ५ करोड ३१ लाख ३७ हजार ४ सय ६७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।