गरिमा विकास बैंकद्वारा १४ प्रतिशत लाभांश घोषणा


काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गत वर्षको लाभांश घोषणा गरेको छ । बैंकले संचित मुनाफाबाट आफ्ना सेयरधनीलाई १४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद गरि कुल १४.५० लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।