‘नाडा अटो सो’ प्रदर्शनीमात्र हाेइन, अटो व्यवसायीहरूको चाड हो: अध्यक्ष चौधरी


काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले ‘नाडा अटो सो’ केवल प्रदर्शनीमात्र नभई अटो व्यवसायीहरूको चाडको रूपमा लिइने परम्परा रहेको बताएका छन् ।

‘नाडा अटो सो २०२५’ को तयारीका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चौधरीले अटो व्यवसायीहरूले अटो सोलाई विगतबाट नै चाडका रूपमा मनाउने गरेको बताएका हुन् ।

उनले नाडा ५० वर्षको गौरवपूर्ण यात्रामा प्रवेश गरिरहेको उल्लेख गर्दै यसको निर्माण सहज ढंगले नभएको स्पष्ट पारेका छन्।

संस्थालाई आजको उचाइमा पुर्‍याउनका लागि पूर्वजहरूको योगदानलाई स्मरण गर्दै नाडाले नेपाली अटोमोबाइल क्षेत्रको पहिचान बनाएकाे उनले बताए।

नाडा अटोमोबाइलको पर्यायवाची शब्द बनेको उल्लेख गर्दै उनले भने, “म स्वयंले पनि नाडाबाट अटोमोबाइल क्षेत्रको ओजन देखाउने प्रतिवद्धता गरेको थिएँ, र त्यसै अनुसार काम गरिरहेको छु।”

उनले आगामी नाडा अटो सो २०२५ मा अटोमोबाइल क्षेत्र भविष्यमा कसरी अघि बढ्न सक्छ भन्ने विषयलाई मुख्यरूपमा प्रस्तुत गरिने जानकारी गराए।

चौधरीका अनुसार यसपटक प्रदर्शनीमा प्रविधि र व्यापारको समन्वयलाई प्राथमिकतामा राखिएको छ। उनले नेपालमा विद्युतीय सवारी यति छिटो आउनेछ भन्ने अनुमान नगरेको बताउँदै प्रविधिको प्रगति साँच्चिकै द्रुत गतिमा रहेको बताए ।

संस्थाको भविष्यदृष्टि प्रस्तुत गर्दै अटो क्षेत्रलाई अझ व्यवस्थित, प्रविधिमैत्री र दीगो बनाउने दिशातर्फ नाडा अग्रसर रहेको बताए।

‘नाडा अटो साे २०२५’ यही भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा हुँदैछ। यो केवल प्रदर्शनी मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटी को प्रतिबिम्ब रहेकाे जनाइएकाे छ ।

“गाे फर माेर” भन्ने नारासहित आयोजना हुने यस अटाे साे ले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकाे तन्त्रलाई एकै छानामुनि ल्याउने जनाइएकाे छ।

यस अटाे साेमा १९ वटा चारपांग्रे ब्रान्डहरू, १३ वटा हल्का व्यावसायिक सवारी साधनका ब्रान्डहरू, ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू, ३५ कम्पनीहरू (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू), १२५ भन्दा बढी प्रदर्शकहरू
एक लाखभन्दा बढी आगन्तुकको अपेक्षा गरिएकाे छ ।

Skip This