नेपालको पहिलो बैंक ८७ औं वर्षमा प्रवेश


काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । नेपालको जेठो नेपाल बैंक लिमिटेडले वि.सं. १९९४ कार्तिक ३० गते स्थापना भएको थियो । बैंकले आप्mनो स्थापनाको ८६ औं वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु पनि आयोजना गरेको थियो ।

बैंकले आफ्नो ८६औं बार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यकाभित्रका शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको बीचमा मैत्रिपूर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ । कर्मचारी मैत्री व्याडमिन्टन प्रतियोगिता २०७९ कार्तिक २५ र २६ गते आयोजना गरेको थियो । प्रतियोगितामा पुरुष सिंगल तर्फ विष्णुहरि न्यौपाने र महिला सिंगल तर्फ रुपा महर्जन प्रथम, पुरुष डबलमा बाबुरत्न महर्जन एवम् मनोज महर्जनको समूह प्रथम भएको छ ।

महिला डवल तर्फ रुपा महर्जन एवम् सविना थापाको समूह प्रथम भएका छन् । दोस्रो स्थानमा पुरुष सिंगल तर्फ ध्रुब दाहाल र महिला सिंगल तर्फ सविना थापा, पुरुष डबलमा गोविन्द सुवेदि एवम् ध्रुव दाहालको समूह र महिला डवल तर्फ बन्दना शर्मा एवम् विद्या धिताल समूह रहेको बैंकले जनाएको छ ।

नेपालको पहिलो बैंकको २२२ शाखाहरु, १९८ एटिएम मेसिन साथै ४९ वटा एक्टेन्सन काउन्टर रहेको बैंकले जनाएको छ ।