एक वर्षमा लघु जीवन बिमकको व्यापार ८४ करोडभन्दा बढी, कुनको कति ?


काठमाडौँ । गत आर्थिक वर्ष २०८१/०८२ मा लघु जीवन बिमकले ८४ करोडभन्दा बढी बढीको व्यापार गरेको छन्।

नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका तीन ओटा लघु जीवन बिमकले एक वर्षमा १५ लाख २८ हजार ५१० ओटा बिमालेख जारी गरेर ८४ करोड ३४ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका हुन्।

जसमा सबैभन्दा बढी धेरै गार्डियन माइक्रो लाइफ रहेको छ। उक्त कम्पनीले ९ लाख ३९ हजार ८८९ बिमा लेख जारी गर्दै ३१ करोड ९९ लाख रुपैयाँको कुल बिमाशुल्क आर्जन गरेको छ।

त्यस्तै, क्रेष्ट माइक्रो लाइफले ३ लाख ९३ हजार ३१३ ओटा बिमालेख जारी गर्दै ३१ करोड २९ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ भने लिबर्टी माइक्रो लाइफले १ लाख ९५ हजार ३०८ ओटा बिमालेख जारी गरि २१ करोड कुल बिमाशुल्क आर्जन गरेको प्राधिकरणको तथ्याङ्कले जनाएको छ ।