अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको आगामी भेटघाट भावनात्मक भेटघाट हुने बताएका छन् ।
युद्धविरामबारे भेट गरेको दुई मिनेटभित्रै सम्झौता हुन्छ वा हुँदैन भन्नेबारे आफूले बताउनसक्ने उल्लेख गरे । ह्वाइट हाउसको पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले भविष्यको बैठकमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पनि समावेश हुनसक्ने बताए । रूसी र युक्रेनी नेताहरू दुवै समावेश हुनसक्ने उनको भनाइ छ ।
ह्वाइट हाउसका एक अधिकारीले पत्रकारहरूलाई ट्रम्प दुवै नेताहरूसँग शिखर सम्मेलनको लागि खुला रहेको बताए । नाटोका लागि अमेरिकी राजदूत म्याथ्यू ह्वाइटकरले जेलेन्स्की शुक्रवार अलास्कामा हुने बैठकमा उपस्थित हुनसक्ने सम्भावना अझै रहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्