तोलामा एक सय रूपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा एक सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ९६ हजार ८०० रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा एक सय रूपैयाँले घटेर एक लाख ९६ हजार ७०० रूपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला २० रूपैयाँ बढेर २ हजार ३२५ रूपैयाँमा कारोबार भइरहेको छ ।