दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा आवेदन खुला, २१ दिनभित्र दरखास्त दिन आह्वान


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धामार्फत महाप्रबन्धक पद पूर्ति गरिने जनाएको हो ।

सूचना अनुसार योग्य तथा इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनुपर्नेछ । सो अवधिभित्रको अन्तिम दिन सार्वजनिक बिदा परेमा भोलिपल्ट कार्यालय समयभित्र मन्त्रालयको कर्मचारी प्रशासन शाखा (बोर्ड/संस्थान डेस्क), सिंहदरवारमा गोप्य रूपमा आवेदन दिनुपर्ने उल्लेख छ ।

सूचनामा एक जना महाप्रबन्धक माग गरिएको छ । निर्धारित समयसीमा नपुगेको वा रीत नपुगेको दरखास्त स्वीकृत नहुने मन्त्रालयले स्पष्ट पारेको छ ।

यस सम्बन्धी विस्तृत जानकारी कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वेबसाइट www.moald.gov.np र दुग्ध विकास संस्थानको वेबसाइट www.ddc.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।