२७ अंकले घट्यो नेप्से, ७ अर्ब ५३ करोड रूपैयाँ बढीको कारोबार


काठमाडौँ। साताको कारोबारको पहिलो दिन सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक २७.१४ अंकले घटेर २७६१.२२ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ ।

आइतबार नेपाल रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ५१ करोड ६७ लाख २ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको दिन नेप्सेमा आरबिबी मुचुअल फण्ड १ का लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ७.९३ प्रतिशतले बढेको छ ।

सम्पदा लघुवित्तका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.०६ प्रतिशतले घटेको छ ।

कुल ३१७ कम्पनीको २ करोड ५ लाख १३ हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७३ करोड ५१ लाख ९५ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।