काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा ८०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ९५ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार ८०० रूपैयाँले बढेर एक लाख ९६ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले बढेर २ हजार ३१५ रूपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्