निफ्राले ऋणपत्र निष्काशन गर्न बोर्डबाट पायो अनुमति


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले उर्जा ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।
कैंकले सर्वसाधारणको लागि ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने लागेको हो ।

सोही ऋणपत्र निष्कासन गर्न सेबोनबाट अनुमति पाएको हो । जसमध्ये बैंकले सर्वसाधारणका लागि २० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३० लाख कित्ता बिक्री गर्नेछ ।

बैंकले ७ वर्ष अवधि भएको वार्षिक ७ प्रतिशत दरमा ७ वर्ष, ७ निफ्रा उर्जा ऋणपत्र, २०८५/८६ नाममा ऋणपत्र निष्कासन गर्न लागेको हो ।

बैंकले उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।