काठमाडाैँ । सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सिमित नरहने बताएका छन् ।
हिन्दुकुश हिमालय संसदीय सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै उनले कुनै एक देशले मात्रै जलवायु परिवर्तनको समस्या समाधान गर्न नसक्ने बताएका हुन् ।
उनले जलवायु परिवर्तनको समस्या समाधान गर्न सबैको साझा प्रयत्न आवश्यक रहेको उल्लेख गरे । यो काम मुलतः सरकारको भएपनि विधायनका हैसियतमा धेरै कामहरु गर्न सकिने उनकाे भनाइ छ । सांसदहरु वैज्ञानिक नभए पनि जलवायु अनुकुलनका लागि बजेट पारित गर्न सक्ने र इन्जिनियर नभएपनि इकोसिस्टम बनाउने र कार्बन उत्सजर्न नियमन बनाउने कानूनको डिजाइन गर्नसक्ने उनले बताए ।
सांसदहरुले किसान, मछुवारका लागि आवाज उठाउनसक्ने, जागरण पैदा गर्नसक्ने, विषाक्त वायुमा श्वास लिन बाध्य बालबालिकाको चित्कार, एक गाग्री पिउने पानीका लागि बिहानै कोशौँ दूरी तय गर्नुपर्ने मानिसहरुको पीडा कम गर्नसक्ने उनकाे भनाइ छ ।
सभामुख घिमिरेले वन जंगल र हिमताल जोगाउने कानून पारित गर्न आह्वान गरे ।
प्रतिक्रिया दिनुहोस्