काठमाडौँ । टाटाको आइकोनिक एसयूभी सफारीको नयाँ जेनेरेशन मोडल सार्वजनिक भएको छ । भृकुटीमण्डपमा आयोजित नाडा अटो शो मा सिप्रदी ट्रेडिङले यसको आधिकारीक विक्री सुरु गरि सार्वजनिक गरिएको हो ।
टाटाको नयाँ जेनेरेशन सफारी हाइटेक फिचरको कारण अहिले चर्चामा रहेको मोडल हो । टाटाको ओमेगा आर्किटेक्चरमा तयार भएको टाटा सफारी ल्याण्डरोभरबाट प्रेरित रहेको छ ।
यसमा प्यासेन्जरको सुविधालाई विशेष जोड दिएर बोस मोड लगाइएको छ । बोस मोडले अगाडि बढेको प्यासेन्जरको सिटको कारण पछाडि बसेको प्यासेन्जरलाई घुँडा ठोक्कीने अवस्था आए पछाडिबाटै अगाडिको सिटलाई मिलाउन सकिने छ ।
टाटाले सफारीमा आईपुग्दा ठूलो पानारोमिक सनरुफ दिएको छ ।यसले नयाँ सफारीलाई किनै आकर्षक देखाएको छ । नयाँ सफारीमा आईआरए कनेक्ट कार टेक फिचर दिएको छ । यसमा सेफ्टी फिचर, मनोरञ्जन र डाइनोस्टीक फिचर चलाउन सकिन्छ । आरामदायी सिटको प्रयोगले लामो यात्रा गर्दा पनि यात्रुलाई थकान महशुस हुँदैन ।
नयाँ सफारीको ड्यासबोर्ड निकै आकर्षक रहेको छ । ८.८ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको टीएफटी इन्ट्रुमेन्ट कन्सोल जस्ता फिचर यसमा रहेका छन् । नयाँ सफारीमा २.० लिटर डिजेल इन्जिन दिइएको छ ।
उक्त इन्जिनले अधिकतम १७० पीएस पावर र ३५० एनएम पिक टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल र ६ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ । नाडा अटो शोमा टाटा सफारीका तिनवटा भेरियन्ट सार्वजनिक गरिएको छ । जसमा एकम्प्लिस्ड प्लस एमटीको मूल्य एक करोड २१ लाख ९९ हजार रूपैयाँ, एकम्प्लिस्ड प्लस एटीको मूल्य एक करोड २९ लाख ९९ हजार रूपैयाँ र एकम्प्लिस्ड प्लस डार्क एटीको मूल्य एक करोड ३१ लाख ९९ हजार रूपैयाँ तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्