काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले म्याद थप भएको समयभित्रै नयाँ संसद भवनको बाँकी काम पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।
मंगलवार सिंहदरबारमा बसेको निर्माण ठेकेदारहरूसँगको छलफलका क्रममा उनले यस्तो निर्देशन दिएका हुन्। उनले संसद भवन बनाउन धेरै समय लागिसकेको भन्दै अहिले पनि समयमै सकिने हो की होइन भन्ने प्रश्न उठिरहेको बताए।
उनले अहिले हात्ती छि¥यो पुच्छर अड्कियो जस्तो भएको उल्लेख गर्दै म्याद थप भएको समयमै र वर्किङ क्यालेण्डरअनुसार वर्किङ क्यापासिटी बढाएर काम गर्न निर्देशन दिए। सम्झौताको आधारमा बसेर काम गर्न उनको निर्देशन छ ।
उपप्रधानमन्त्री सिंहले मन्त्रालय, निर्माण कम्पनीले गर्नुपर्ने काम समूहगत रुपमा बाँकी समयमै सम्पन्न गर्नेतर्फ लाग्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्