वैकल्पिक विकास वित्त परिचालन विधेयक अर्थ समितिबाट पारित


काठमाडाैँ । वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभाको अर्थ समितिबाट पारि गरिएको छ ।

मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकलाई सर्वसम्मत रूपमा पारित गरेको हो । समिति सभापति सन्तोष चालिसेले विधेयकको प्रतिवेदन छिट्टै संसदमा प्रस्तुत गरिने बताएका हुन्।

सरकारले राष्ट्रिय प्राथमिकताका आयोजनामा स्रोत जुटाउन र सार्वजनिक पूर्वाधारमा विद्यमान लगानीको खाडल पूर्ति गर्ने प्रयोजनले विधेयक ल्याएको हो ।

बैठकमा बोल्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो विधेयक पास भइसकेपछि मुलुकको खर्च गर्ने क्षमताअनुसार पर्याप्त स्रोत जुटाउन सकिने विश्वास व्यक्त गरे।

विधेयक पास भइसकेपछि बजेटको अभावमा योजना कटौति गर्नुपर्ने विद्यमान समस्यामो समेत हल गर्ने विश्वास व्यक्त गर्दै यस विधेयकलाई छिटो संसदमा प्रश्तुत गर्न समेत आग्रह गरे । 

विधेयकले विकासको गतिलाई तिब्रता दिन, विदेशी लगानी आकर्षण र पुँजी परिचालन गर्न प्रेरित गर्ने विश्वास समेत व्यक्त गरे ।।