विश्वकपमा आज चार खेल हुने, पाेर्चुगलले घानाविरूद्द खेल्दै


काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा बिहीबार समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरु हुनेछन् ।

पहिलो खेलमा समूह जी मा रहेको स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा समूह ‘एच’ को उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

विश्वकप अन्तर्गत नै बिहीबार हुने तेस्रो खेलमा उपाधि दाबेदार पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ । पोर्चुगल र घानाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

त्यस्तै बिहीबार हुने चौंथो खेलमा ब्राजिलले सर्बियाको सामना गर्नेछ । समूह ‘जी’ मा रहेको ब्राजिल र सर्बियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भईरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ ।आठ रंगशालामा आयोजना भईरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।