राज्यको सेवा सुविधा र तलव खानेका सन्तान सार्वजनिक विद्यालयमा भर्ना गर्ने बाध्यकारी व्यवस्था विधेयकमा राखौँः सांसद बस्नेत


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) की सांसद ज्ञानु बस्नेतले देश ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा गइसक्दासमेत देशको शिक्षाको स्थिति नाजुक रहेको बताएकी छिन् ।

बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले शिक्षाको क्षेत्रमा धेरै समस्या अहिले पनि विद्यमान रहेको बताएकी हुन् ।

उनले शिक्षा क्षेत्रमा धेरै सुधारहरु गर्न जरुरी रहेको बताइन् । शिक्षालाई अघि बढाउन शिक्षा विधेयकले महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्नुपर्ने उनकाे भनाइ छ । । शिक्षा क्षेत्रको जग बलियो बनाएर अघि बढ्न जरुरी रहेको उनले उल्लेख गरिन् । 

उनले भने, “संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा हुँदापनि शिक्षाको क्षेत्रमा धेरै प्रगति गर्न सकेनौँ । शिक्षाको क्षेत्रमा धेरै समस्या हाम्रो अगाडि खडा भए । जसको कारणले आज झन्डै हाम्रो देश आज जसरी अघि बढ्नुपर्ने हो त्योअनुसार बढ्न सकेन । शिक्षालाई अघि बढाउने शिक्षा विधेयकले महत्वपूर्ण भुमिका निर्वाह गरोस् । शिक्षा क्षेत्रमा जग बलियो खडा गरौँ भनेर हामी लाग्यौँ ।”

सांसद बस्नेतले सार्वजनिक विद्यालयको सुधारका लागि राज्यबाट सेवा सुविधा र तलव लिनेहरुको सन्तानलाई सार्वजनिक विद्यालयमा भर्ना गर्ने बाध्यकारी व्यवस्था लेख्नुपर्ने बताइन् ।