काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले सरकार अधिनायकवादतिर उन्मुख भएको आरोप लगाएका छन् ।
सरकार अधिनायकवाद र तानाशाहीकरणतर्फ उन्मुख भएको उनको आरोप छ । उनले राज्यका सबै संयन्त्रहरुमा दुई दलीय पकड कायम गर्नेमा सत्तारुढ दुई ठूला दलहरु लागिरहेको आरोप लगाए ।
विशेषतः नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय संयन्त्र सबैलाई आफ्नो नियन्त्रणमा राख्ने दिशातिर अघि बढिरहनुभएको आरोप लगाए ।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने खेल त्यसकै एउटा उदाहरण भएको बताए । उपसभामुखबाट रानालाई हटाउने कुरा प्रतिशोधपूर्ण र बदनियतपूर्ण रहेको जिकिर गरे ।
उनले संवैधानिक परिषद्मा बहुमत पुयाउन प्रधानमन्त्री ओलीले बद्नियतपूर्ण काम गरिरहेको आरोप लगाउँदै यो गैरसंसदीय प्रक्रिया भएको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्