काठमाडौँ । गण्डकी प्रदेशको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका पहिलो स्थानमा पर्न सफल भएको छ ।
आर्थिक वर्ष २०८०/८१को मूल्याङ्कनमा अर्जुनचौपारीले ८८.७५ अंक हासिल गर्दै प्रदेशमै उत्कृष्ट बन्न सफल भएको हो ।
स्याङ्जाकै भीरकोट नगरपालिकाले पनि उत्कृष्ट प्रदर्शन गर्दै ८८.२५ अंकसहित गण्डकी प्रदेशमा दोस्रो स्थान सुरक्षित गरेको छ । यससँगै स्याङ्जाका दुई पालिकाले प्रदेशभरि उच्चतम अंक ल्याएर विशेष सफलता देखाएका छन् ।
तेस्रो स्थान पर्वतको जलजला गाउँपालिकाले ८८ अंक ल्याएर पाएको छ भने गण्डकी प्रदेशभित्रका अन्य २२ पालिकाले ८५ अंक पार गरेका छन् । यसैगरी, ४१ पालिकाले ८० भन्दा बढी अंक ल्याएका छन्, जसले प्रदेशस्तरमा स्थानीय तहहरूको संस्थागत क्षमतामा उल्लेख्य सुधार भएको देखाउँछ ।
गण्डकी प्रदेशकै एकमात्र महानगर पोखरा महानगरपालिकाले भने ८३.५ अंक ल्याउन सफल भएको छ ।
नगरपालिकातर्फ गोरखाको पालुङटारले ८७.७५ अंकसहित दोस्रो स्थान हासिल गर्दा गाउँपालिकातर्फ भीमसेन थापा गाउँपालिका पनि समान ८७.७५ अंकसहित तेस्रो भएको छ । समग्र पालुङटार चौथो र भीमसेन थापा पाँचौँ स्थानमा परेका छन्
प्रतिक्रिया दिनुहोस्