काठमाडौँ । आज दिउँसो र राती देशका विभिन्न ठाउँमा वर्षा हुने भएको छ ।
केही ठाउँमा सामान्य र केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर साधारणतया बदली रहनेछ ।
बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरू र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत कोशी प्रदेश र लुम्बिनी प्रदेशको तराई भूभागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
आज राती मधेश प्रदेश, कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी तराई भूभागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको महाशाखाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्