काठमाडौँ । आर्थिक वर्ष २०८१÷८२ मा नेपालमा १७ खर्ब २३ अर्ब २७ करोड रूपैयाँ विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको हो ।
अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । २०८२ असार महिनाको विप्रेषण आप्रवाह एक खर्ब ८९ अर्ब ११ करोड रूपैयाँ रहेको रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह एक खर्ब १७ अर्ब ७८ करोड रूपैयाँ रहेको थियो ।
समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले बढेर १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो
वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा वर्षमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १८ अर्ब ७४ अर्ब ३० करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १५ खर्ब ७१ अर्ब २४ करोड रूपैयाँ रहेको थियो ।
समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको
सङ्ख्या ५ लाख ५ हजा। ९५७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ३३ हजार ३०९ रहेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या क्रमशः ४ लाख ६० हजार १०२ र २ लाख ८१ हजार १९५ रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्